images
images
images

निर्माण व्यवसायी महासंघको चुनावी कार्यक्रम रोकियो, साधारणसभा स्थगित

images

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघको २६औँ साधारणसभा स्थगित गरिएको छ । निर्वाचन आयोगको निर्देशनअनुसार साधारणसभा स्थगित गरिएको महासंघले जनाएको हो । आयोगको अर्को सूचना नआउन्जेलसम्म माघ १५, १६ र १७ गते आयोजना हुने भनिएको २६औँ साधारणसभा स्थगित गरिएको छ ।

आउँदो फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ५ गते राति १२ बजेदेखि निर्वाचन आचारसंहिता लागू भइसकेको छ । महासंघ स्राेतका अनुसार आचारसंहिता लागू भएका कारण निर्धारित मितिमा साधारणसभा नगर्ने निर्णय गरिएको हो ।

महासंघले नयाँ नेतृत्व चयनसहितको साधारणसभा फागुन २१ गतेअघि नै सम्पन्न गर्ने योजना बनाएको थियो । चुनावी कार्यतालिकाअनुसार माघ १५ गते उद्घाटन, १६ गते मनोनयन दर्ता र १७ गते मतदान कार्यक्रम तय गरिएको थियो । आगामी साता हुने महासंघको निर्वाचनमा दुई प्यानलबीच प्रतिस्पर्धा हुने गरी उम्मेदवारहरूको घोषणा भइसकेको थियो ।

महासंघको १५औँ महाधिवेशन काठमाडौंमा आयोजना गर्ने सम्पूर्ण तयारी समेत पूरा भइसकेको थियो । महाधिवेशन प्रतिनिधिबाट चयन हुने नयाँ नेतृत्वका लागि अध्यक्ष पदमा सल्लाहकार निकोलस पाण्डे र वरिष्ठ उपाध्यक्ष आङदोर्जे (एडी) लामाबीच प्रतिस्पर्धा हुने निश्चित भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्