images
images
images

याम्बालिङ्ग हाइड्रोपावरको आईपीओ आजदेखि खुला

images

काठमाडौं । याम्बालिङ्ग हाइड्रोपावर लिमिटेडले आज (बैशाख १६ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी र सामूहिक लगानी कोषका लागि शेयर बाँडफाँट गरिसकेपछि अब सर्वसाधारणका लागि निष्काशन गरेको हो ।

कम्पनीले २८ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएकोमा अब १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि खुला गरेको छ । लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम २१ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

यो आईपीओमा आवेदन दिने अवधि बैशाख २२ गतेसम्म (छिटो) र बैशाख ३० गतेसम्म ९ढिलो० रहनेछ । केयर रेटिङ नेपालले कम्पनीलाई ‘केयरएनपी डबल बी माइनस’ रेटिङ दिएको छ, जसले मध्यम जोखिम जनाउँछ ।

७.२७ मेगावाट क्षमताको याम्बालिङ्ग खोला जलविद्युत आयोजनाको कुल लागत करिब १ अर्ब ८७ करोड रुपैयाँ रहेको छ । आईपीओ निष्काशनको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्