images
images
images

‘जिम्मेवारी बीचमै छाडेर प्रधानमन्त्री बन्ने आकांक्षा राम्रो होइन’

images

काठमाडौं । बाजुराको बुढीनन्दा नगरपालिका प्रमुख जनक कुमार बोहराले केही जनप्रतिनिधिहरू स्थानीय तहको मूल जिम्मेवारीभन्दा बाहिरको चर्चामा बढी केन्द्रित भएको टिप्पणी गरेका छन् । उनका अनुसार जनताले पाँच वर्षका लागि दिएको अभिभारा पूरा गर्नुभन्दा बाहिर व्यक्तिगत लोकप्रियता र उच्च पदको आकांक्षामा सक्रिय हुनु जनअपेक्षासँग मेल नखाने प्रवृत्ति हो ।

उनले काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको उदाहरण दिँदै सीमित बजेटसमेत प्रभावकारी रूपमा खर्च गर्न नसकेको अवस्थाबीच देशव्यापी भ्रमण र सार्वजनिक कार्यक्रमहरूमा ‘हिरो स्टाइल’को प्रस्तुति देखिनु प्राथमिकतामा प्रश्न उठाउने विषय भएको बताए । जनताले दिएको जिम्मेवारी बीचमै छोडेर प्रधानमन्त्री बन्ने आकांक्षामा केन्द्रित हुनु सही अभ्यास नहुने उनको भनाइ छ ।

नगर प्रमुख बोहराले बाजुराका नागरिकको जीवनशैली र संघर्ष उदाहरण दिँदै भने, ‘काठमाडौंमा घरमै सुविधा लिएर बसेका नागरिक र बाजुराका जनता एउटै अवस्थामा छैनन् । यहाँका नागरिक पुस्तौंदेखि भारी बोकेर, भारतका कुमाउ–गढवालसम्म पुगेर कठोर श्रम गर्दै आफ्ना बालबालिकालाई पढाइरहेका छन् । यो पीडा बुझ्नु जरुरी छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्