images
images
images

प्रेस चौतारी फर्किए रैगाईं, उपत्यका प्रदेश उपाध्यक्षको जिम्मेवारी

images

काठमाडौं । समाजवादी प्रेस संगठनका उपत्यका प्रदेश अध्यक्ष विष्णु रैगाईं प्रेस चौतारी नेपालमा फर्किएका छन् । उनलाई प्रेस चौतारीका नेता विश्वमणि सुवेदी र महासचिव हिरामान लामाले स्वागत गरे ।

गत वर्ष समाजवादी प्रेस संगठनका केन्द्रीय अध्यक्षसहित सम्पूर्ण केन्द्रीय नेतृत्व प्रेस चौतारीमा फर्किँदा उपत्यका प्रदेश कमिटीका तत्कालीन सबै पदाधिकारी पनि चौतारीमा फर्किएका थिए । सोही क्रमपछि पुनर्गठित कमिटीका अध्यक्ष बनेका रैगाईं पनि आज प्रेस चौतारीमा फर्किएका हुन् ।

समाजवादी प्रेस संगठन तत्कालीन नेकपा (एकीकृत समाजवादी)को जनसंगठनका रूपमा स्थापना भएको थियो । पार्टी माओवादी केन्द्रसँग एकतामा गए पनि संगठन भने औपचारिक रूपमा एकतामा सामेल हुन सकेको थिएन ।

प्रेस चौतारी पृष्ठभूमिका प्रमुख पत्रकारहरू गत वर्षदेखि नै संगठित रूपमा चौतारीमा फर्किने अभियानमा सक्रिय रहँदै आएका छन् ।

यसैबीच, आज सम्पन्न प्रेस चौतारी नेपाल, उपत्यका प्रदेश कमिटीको बैठकले विष्णु रैगाईंलाई उपाध्यक्षको जिम्मेवारी समेत प्रदान गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्