images
images
images

दुई फर्मलाई नगद जरिवाना

images

काठमाडौं । नियमित रूपमा बजार अनुगमन गर्दै आएको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुईवटा फर्मलाई नगद जरिवाना गरेको छ ।

विभागले नियमित अनुमगनका क्रममा कैफियत देखिएपछि श्रेष्ठ खाद्य स्टोर काठमाडौं महानगरपालिका–३० मैतीदेवीलाई रु १० हजार जरिवाना गरेको छ भने घिमिरे रिजन किनारा स्टोर्स टोखा नगरपालिका–७ लाई पनि रु १० हजार नै जरिवाना गरेको छ ।

ब्लास्ट फेसन कलेक्सनलाई भने व्यवसायसँग सम्बन्धित कागजात लिई तीन दिनभित्र विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

यस्तै, विभागले थप १७ वटा फर्मलाई भने सुधारात्मक निर्देशन दिएको छ । विभागले स्थानीय प्रशासन, उपभोक्ता अधिकारकर्मी तथा सरोकारवालाको समेत उपस्थितिमा नियमित रूपमा बजार अनुमगन गर्दै कानुन कार्यान्वयन गराउँदै आएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्