images
images
images

नेपाली कांग्रेस ललितपुरद्वारा निर्वाचन विशेष जिल्ला भेला सम्पन्न

images

पूर्वाधार वाच, ललितपुर ।

नेपाली कांग्रेस ललितपुर जिल्ला कार्यसमितिको आयोजनामा आज निर्वाचन विशेष जिल्ला भेला सफलतापूर्वक सम्पन्न भएको छ ।

ललितपुर पार्टी प्यालेस, सातदोबाटोमा आयोजित भेलाका प्रमुख अतिथि नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्मा रहनुभएको थियो ।

लोकतन्त्र र संगठनात्मक एकतामा जोड

कार्यक्रमलाई सम्बोधन गर्दै उपसभापति शर्माले लोकतन्त्रको रक्षा, संविधानको प्रभावकारी कार्यान्वयन र पार्टीभित्रको संगठनात्मक एकता सुदृढ गर्दै आगामी निर्वाचनमा विजयी हुन सबै नेता–कार्यकर्तालाई एकताबद्ध भएर अघि बढ्न आह्वान गर्नुभयो ।

उहाँले कांग्रेसको नेतृत्वमा देशलाई स्थिरता, विकास र सुशासनको दिशामा अघि बढाइने विश्वास व्यक्त गर्नुभयो ।

उम्मेदवारहरूको धारणा र चुनावी प्रतिबद्धता

भेलामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार उदय शम्शेर राणा (ललितपुर क्षेत्र नं. १), प्रेमकृष्ण महर्जन (ललितपुर क्षेत्र नं. २) र जितेन्द्रकुमार श्रेष्ठ (ललितपुर क्षेत्र नं. ३) ले आ–आफ्ना धारणा तथा चुनावी प्रतिबद्धता प्रस्तुत गर्नुभयो । उनीहरूले जनताको विश्वास जित्दै कांग्रेसलाई ललितपुरमा सशक्त जित दिलाउने लक्ष्यसहित सक्रिय रूपमा अभियानमा जुटेको जानकारी गराएका थिए ।

ललितपुर–३ बाट जितेन्द्रकुमार श्रेष्ठको अभियान तीव्र

प्रतिनिधि सभा निर्वाचन अन्तर्गत ललितपुर निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका उम्मेदवार जितेन्द्रकुमार श्रेष्ठले जनतामाझ आफ्नो चुनावी अभियानलाई तीव्र बनाउँदै लैजानुभएको छ ।

“हरेक घरको भरोसा, हरेक वर्ग, समुदाय र पुस्ताको साथी र सारथि” भन्ने नारासहित उहाँ घरदैलो अभियान, भेटघाट तथा विभिन्न अन्तरक्रिया कार्यक्रममार्फत मतदातासँग प्रत्यक्ष संवादमा जुटिरहनुभएको छ ।

समावेशी विकास र जनउत्तरदायी नेतृत्वको प्रतिबद्धता

उम्मेदवार श्रेष्ठले समावेशी विकास, सुशासन, शिक्षा, स्वास्थ्य, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राख्दै ललितपुर–३ का नागरिकको जीवनस्तर सुधार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

जनताको भावना र आवश्यकतालाई केन्द्रमा राखेर काम गर्ने तथा जनउत्तरदायी प्रतिनिधिको भूमिका निर्वाह गर्ने उहाँको भनाइ छ ।

‘बदलियो कांग्रेस, बदल्छ देश’ नारासहित अघि बढ्ने तयारी

नेपाली कांग्रेसले अघि सारेको “बदलियो कांग्रेस, बदल्छ देश” भन्ने मूल नाराअनुसार आगामी दिनमा कांग्रेस नेतृत्वमा स्थिर र सक्षम सरकार गठन भई देशलाई विकास र समृद्धिको दिशामा अघि बढाइने दाबी गरिएको छ ।

भेलामा सहभागी नेता–कार्यकर्ताले आगामी निर्वाचनमा कांग्रेसलाई ललितपुरमा निर्णायक जित दिलाउन संगठित रूपमा अघि बढ्ने निष्कर्ष निकालेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्