images
images
images

रामकुमारी झाँक्री झापामा 

images

काठमाडौं । नेकपा एमालेकी नेतृ एवं नवनिर्वाचित राष्ट्रिय सभा सदस्य रामकुमारी झाँक्री झापा पुगेकी छन् ।

उनी केही बेरअघि मात्र हवाई मार्गमार्फत् झापा पुगेकी हुन् । निर्वाचनको प्रचारप्रसारका दौरान सांसद झाँक्री झापा पुगेकी हुन् ।

झापा ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, झापा २ मा निवर्तमान सभामुख देवराज घिमिरेलगायतका हेभी वेट नेताहरूले चुनावी प्रतिष्पर्धा गर्दैछन् ।

पार्टीका अध्यक्षसहितका नेताहरू निर्वाचनमा होमिएको क्षेत्रमा चुनावी प्रसार प्रसारमा सहभागी हुन एवं शुभेच्छा व्यक्त गर्न  झाँक्री झापा पुगेकी हुन् ।

पार्टी अध्यक्ष नै निर्वाचनमा होमिएका बेला पार्टीकी प्रखर वक्ता तथा युवा नेतृ झाँक्री झापा पुगेकी नेतृ कार्की चुनावी प्रचार प्रसारमा सहभागी हुनेछिन् ।

नेतृ झाँक्री आफूलाई लागेको कुरा बिना हिचकिचाहट राख्ने राजनीतिज्ञका रूपमा जनतामाझ परिचित छिन् ।

यस पटकको निर्वाचनमा झापा ५ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं महानगरपालिकाका निवर्तमान मेयर बालेन शाह, नेपाली कम्युनिष्ट पार्टीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले समेत उम्मेदवारी दिएका छन् ।

निवर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीको निर्वाचन क्षेत्र यतिबेला सबैको चासोको केन्द्रमा समेत छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्