images
images
images

चुनाव प्रचारप्रसारकाे पूर्वसन्ध्यामा ह्वात्तै बढ्यो डिजेल पेट्रोलको मूल्य, कुनमा कति ?

images

काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पेट्रोल र डिजेलको खुद्रा बिक्री मूल्य बढाएको छ । निगमका अनुसार भारतको इन्डियन आयल कर्पोरेसनबाट नयाँ खरिद मूल्य बढेर आएपछि पेट्रोल र डिजेलको मूल्य समायोजन गरिएको हो ।

बढेर आएको मूल्य आज राति १२ बजेदेखि लागू हुने निगमले जनाएको छ । निर्वाचनको प्रचारप्रसार तीव्र बन्दै गएको बेला पेट्रोलियम पदार्थको मूल्य एकाएक बढाएको हो ।

निगम सञ्चालक समितिको २०८२ फागुन ३ गतेको निर्णयअनुसार २०८२ फागुन ४ गते (फेब्रुअरी १६, २०२६) बिहान १२ः०१ बजेदेखि नयाँ मूल्य लागू हुने निगमले जनाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर १ रुपैयाँ र डिजेल (मट्टीतेल) प्रतिलिटर ३ रुपैयाँले वृद्धि गरिएको छ ।

नयाँ मूल्य लागू भएपछि तेस्रो वर्ग (काठमाडौं, पोखरा र दिपायल)मा पेट्रोलको खुद्रा मूल्य प्रतिलिटर १५६ रुपैयाँ र डिजेलरमट्टीतेलको मूल्य प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ । यसअघि सोही क्षेत्रमा पेट्रोल १५५ र डिजेल १३९ रुपैयाँ प्रतिलिटरमा बिक्री हुँदै आएको थियो ।

त्यस्तै, पहिलो वर्ग अन्तर्गतका क्षेत्रहरूमा पेट्रोल प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा र डिजेलरमट्टीतेल १३६ रुपैयाँ ५० पैसा कायम गरिएको छ । दोस्रो वर्गमा पेट्रोल १५५ रुपैयाँ र डिजेलरमट्टीतेल १३९ रुपैयाँ प्रतिलिटर निर्धारण गरिएको निगमले जनाएको छ ।

निगमका अनुसार डिपो तथा कार्यालयबाट १५ किलोमिटरको दूरीभित्रका क्षेत्रमा नयाँ खुद्रा बिक्री मूल्य यथावत रूपमा लागू हुनेछ । पेट्रोलियम पदार्थको मूल्य वृद्धिले उपभोक्ताको दैनिक खर्चमा थप भार पर्ने देखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्