काठमाडौं। नेपाली विद्यार्थीलाई दुवइमा विभिन्न कक्षाहरु संचालन गरिरहेको माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट (एमआइबीडी)ले अवैध वाटोबाट शैक्षिक क्रियाकलाप नगरेको स्पष्ट पारेको छ ।
मंगलबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै हाल नेपालमा विभिन्न शैक्षिक कार्यक्रमका बारेमा गलत सूचना बाहिर गएको भन्दै भ्रममा नपर्न आग्रह गरेको हो ।
माउन्ट इन्स्टिच्युट अफ विजनेस डेभलपमेन्ट दुबईका निर्देशक डेभिड एबेनेजरले आफूहरु वैध बाटोमार्फत विद्यार्थी छनोट र शैक्षिक कार्यक्रम संचालन गरिरहेको स्पष्ट पारे ।
दुबई कडा नियामकीय संस्कृतिका लागि विश्वव्यापी रुपमा परिचित स्थान भएकाले सरकारले लागू गरेका नियमहरु आफ्नो संस्थाले पालना गरेको स्पष्ट पारेका हुन् ।
उनले लिखित र वैध प्रणामका आधारमा शैक्षिक कार्यक्रममा सहभागी हुन अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्