काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधि सभा निर्वाचन २०८२ का लागि आफ्नो घोषणापत्र सार्वजनिक गर्ने भएको छ। घोषणापत्र सार्वजनिक गर्ने अवसरमा पार्टीले घोषणापत्रमा आधारित ‘समृद्धिको बहस कार्यक्रम’ समेत आयोजना गर्न लागेको जनाएको छ ।
पार्टीका अनुसार कार्यक्रममा अध्यक्षसहित शीर्ष नेतृत्व तथा पदाधिकारीहरूको उपस्थितिमा आगामी निर्वाचनका नीति, कार्यक्रम र प्राथमिकताबारे विस्तृत प्रस्तुति गरिनेछ।
घोषणापत्रमार्फत मुलुकको आर्थिक समृद्धि, सामाजिक न्याय, सुशासन र विकासका एजेन्डालाई स्पष्ट गर्ने तयारी एमालेको छ।
‘समृद्धिको बहसू कार्यक्रम’ होटल एभरेष्ट, नयाँ बानेश्वरमा आयोजना हुनेछ। कार्यक्रम फागुन ७ गते दिउँसो १२ः१५ बजे सुरु हुने जनाइएको छ।
केन्द्रीय निर्वाचन परिचालन समितिद्वारा जारी सूचनामा कार्यक्रममा सरोकारवाला, शुभेच्छुक तथा आम नागरिकलाई गरिमामय उपस्थितिका लागि हार्दिक अनुरोध गरिएको छ।
एमालेले घोषणापत्र सार्वजनिक कार्यक्रममार्फत निर्वाचन अभियानलाई औपचारिक रूपमा थप सशक्त बनाउने विश्वास व्यक्त गरेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्