images
images
images

युवाको ऊर्जा र अनुभवको मार्गदर्शन बिना देश बन्दैन : अध्यक्ष ओली

images

काठमाडौं । केपी शर्मा ओलीले देशको स्वाधीनता, लोकतन्त्र र समृद्धिलाई सर्वोच्च प्राथमिकतामा राखेर नेकपा एमालेको स्पष्ट धारणा प्रस्तुत गरेका छन् ।

घोषणापत्र सार्वजनिक कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले ‘देश पहिले’ नै पार्टीको मूल सिद्धान्त भएको बताए । देशको भूमि, स्वाधीन लोकतन्त्र, संविधान, राष्ट्रिय स्वाभिमान, शान्ति र सुव्यवस्थाभन्दा माथि अन्य कुनै विषय नरहेको उनले स्पष्ट पारे ।

उनले भने, ‘हाम्रो प्राथमिकतामा देश पहिला हो । स्वाधीनता र सार्वभौमसत्ताका रक्षक हामी हौं । हामी निर्माणको राजनीति गर्छौं, उत्तेजनाको होइन । त्रासमा बाँचेको समाजलाई शान्ति र सुव्यवस्थातर्फ फर्काउने हाम्रो प्रतिबद्धता छ । विचारहीन र दिशाहीन स्ट्यान्डबाट टाढा रहँदै हाम्रो गन्तव्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ हो ।’

अध्यक्ष ओलीले पार्टी सधैं निर्माण र स्थायित्वको पक्षमा उभिएको उल्लेख गर्दै समाजमा फैलिएको डर र अनिश्चिततालाई अन्त्य गर्ने लक्ष्य लिएको बताए । साथै, देश पुस्ताबीचको द्वन्द्वबाट नबन्ने र द्वन्द्वले देश अघि नबढ्ने उनको धारणा थियो ।

देश निर्माणका लागि युवाको ऊर्जा अपरिहार्य रहेको बताउँदै उनले जोश, सपना र हिम्मतले कठिन पहाडसमेत चढ्न सकिने बताए । तर त्यससँगै अनुभवी पुस्ताको दृष्टि, बुद्धि, संयम र मार्गदर्शन पनि आवश्यक हुने उनको भनाइ थियो ।

युवालाई ‘आगो’ र अनुभवलाई ‘उज्यालो’को संज्ञा दिँदै उनले आगोलाई दिशा र उज्यालोलाई ऊर्जा आवश्यक पर्ने बताए । ‘आगो र उज्यालो दुवैको संयोजनबाट मात्रै देशको भविष्य उज्ज्वल बन्छ,’ उनले जोड दिए ।

राजनीति सबै पुस्तालाई जोड्ने र मिलाएर अघि बढ्ने माध्यम भएको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी निर्वाचन पुस्तान्तरको प्रतिस्पर्धा नभई देश बनाउने कि भत्काउने भन्नेबीचको जनमत संग्रह भएको दाबी गरे । साथै, यो निर्वाचन राष्ट्रघात र स्वाभिमानबीचको संघर्षसमेत भएको उनको भनाइ थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्