images
images
images

बाजुरामा शान्तिपूर्ण निर्वाचन, मतदान धमाधम

images

बाजुरा । बाजुरामा अहिलेसम्म करिब ३४ हजार बढी मत खसेको छ । यहाँ ७७ मतदान स्थलका ११८ मतदान केन्द्र तथा एक अस्थायी मतदान केन्द्रमा सो सङ्ख्यामा मत खसेको हो ।

विहान ७ बजेदेखि यहाँका ९ वटै स्थानीय तहका विभिन्न मतदान स्थलमा शान्तिपूर्ण तवरले मतदान भइरहेकोे मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

विहान ७ बजेदेखि अहिलेसम्म९दिउँसो १ बजे० करिब ३४ हजार बढी मत खसेको हो । निर्वाचन भयरहित वातावरणमा भइरहेको छ । जिल्लाभर शान्तिपूर्ण वातावरणमा मतदान भइरहेको प्रमुख जिल्ला अधिकारी डोरेन्द्र निरौलाले बताए । उच्च जोखिममा रहेका मतदान स्थलमा उच्च सुरक्षा सतर्कता अपनाइएको उनले जानकारी दिए।

जिल्ला निर्वाचन अधिकारी भीमबहादुर शाहीका अनुसार हालसम्म जिल्लाभर करिब ३४ हजारभन्दा बढी मत खसिसकेको जानकारी दिए । बाजुरामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ ।

विगतका जस्ता घटना घट्न नदिन अहिले सुरक्षा व्यवस्था मजबुत पारिएको छ । जिल्लामा हालसम्म कुनै अप्रिय घटना भने भएको छैन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्