images
images
images

जुम्लामा हलोको अग्रता, २७८८ मत गणना

images

जुम्ला । जुम्लामा शुक्रबार दिउँसो १ बजेसम्म २ हजार ७८८ मत गणना सम्पन्न हुँदा ‘हलो’ चुनाव चिह्नले अग्रता कायम गरेको छ । हालसम्मको गणनामा हलोले १ हजार ४५८ मत प्राप्त गरेको निर्वाचन स्रोतले जनाएको छ । त्यहाँ हलो चुनाव चिन्ह लिएर राप्रपाका ज्ञानेन्द्र बहादुर शाही उम्मेदवार छन् ।

यसैबीच कनका सुन्दरी गाउँपालिका वडा नम्बर ३ र ४ को मतगणनामा जम्मा १ हजार ५४३ मत गणना गरिएको छ । सो गणनामा हलोले ९१७ मत प्राप्त गर्दै अग्रस्थानमा रहेको छ ।

त्यसैगरी तारा चुनाव चिह्नले ३२२ मत प्राप्त गरेको छ भने रुखले १९५ मत पाएको छ। सूर्यले ४० मत, घण्टीले १४ मत, मादलले १० मत प्राप्त गरेका छन् । कमल र आँखा चुनाव चिह्नले समान १/१ मत प्राप्त गरेका छन् भने ४३ मत बदर भएको जनाइएको छ ।

मतगणना कार्य अझै जारी रहेको र थप परिणाम क्रमशः सार्वजनिक गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्