images
images
images

मुस्ताङबाट कांग्रेसले खाता खोल्यो, ११ स्थानमा अग्रता

images

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा मुस्ताङबाट नेपाली कांग्रेसले जितको खाता खोलेको छ । कांग्रेसका उम्मेदवार योगेश गौचन थकाली लगातार दोस्रोपटक मुस्ताङबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन् ।

गौचनले ३ हजार ३०७ मत ल्याए भने उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार इन्द्रधारा विष्टले १ हजार ८०६ मत ल्याए । त्यस्तै रास्वपाका उम्मेदवार अधितीय चन्द्र थकालीले ७५९ मत ल्याएका छन् ।

त्यस्तै, अन्य केही क्षेत्रमा कांग्रेसले अग्रता लिएको छ । ललितपुर९१, कपिलवस्तु ३, दैलेख १, प्युठान १, सुर्खेत १, रसुवा १, लमजुङ १, जाजरकोट १, सिन्धुपाल्चोक २ पाल्पा – २ पाँचथर १ मा कांग्रेसको अग्रता देखिन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्