images
images
images

जेनजी आन्दोलनबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन

images

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा बनेको आयोगले सरकारलाई आफ्नो प्रतिवेदन बुझाएको छ ।

कार्की नेतृत्वको टोली प्रतिवेदनसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय पुगेको हो ।

प्रतिवेदन बोकेको ठेलीसहित आयोगका अध्यक्ष कार्की प्रधानमन्त्री कार्यालय प्रवेश गरेका थिए । सरकारले भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा घटेका घटनाको छानबिन गर्न आयोग गठन गरेको थियो । असोज ५ गते गठन भएको उक्त आयोगलाई प्रारम्भमा तीन महिनाको समयसीमा दिइएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्