काठमाडौं । काठमाडौं महानगरपालिका–कपनस्थित ‘करेन्ट मार्ट’ नामक नयाँ स्टोरको उद्घाटन गरिएको छ । उद्घाटनसँगै करेन्ट मार्टले ग्राहकलाई विभिन्न खाद्य तथा उपभोग्य सामग्री उपलब्ध गराउँदै सेवा सुरु गरेको जनाएको छ ।
कम्पनीका अनुसार स्टोरले फरक स्वाद, छिटो सेवा तथा उत्साहपूर्ण वातावरणसहितको किनमेल अनुभव प्रदान गर्ने लक्ष्य राखेको छ । कम्पनीका सिनीयर जेनरल म्यानेजर रमेश विष्टले कपनस्थित करेन्ट मार्ट कम्पनीको दोस्रो स्टोर रहेको जानकारी दिए ।

उनका अनुसार कम्पनीको पहिलो स्टोर भैरहवामा सञ्चालनमा रहेको छ । उनले भने, ‘कपनस्थित ‘करेन्ट मार्ट’ हाम्रो दोस्रो स्टोर हो । एउटा स्टोर भैरहवामा पनि सञ्चालनमा छ । हामी करेन्टका विभिन्न भेरियन्टहरू ग्राहकसम्म पुर्याउँदै आएका छौं । करेन्ट मार्टले ग्राहकलाई फरक स्वाद, छिटो सेवा र उत्साहपूर्ण वातावरणसहितको किनमेल अनुभव प्रदान गर्नेछ ।’
उक्त अवसरमा कम्पनीले आफ्ना उत्पादनहरू, ब्रान्डको भावी योजना तथा ‘करेन्ट फुड्स’ को अवधारणाबारे पनि जानकारी गराएको थियो । कार्यक्रममा सहभागी सञ्चारकर्मीहरूलाई करेन्ट मार्टको अवधारणा, सेवा र आगामी योजनाबारे जानकारी दिँदै संस्थाले मिडियाको साथ र सहयोगले आफ्नो यात्रालाई अझ सशक्त बनाउने विश्वास व्यक्त गरेको छ ।
कम्पनीले आगामी दिनमा गुणस्तरीय सेवा तथा विविध उत्पादन उपलब्ध गराउँदै बजारमा आफ्नो उपस्थिति अझ मजबुत बनाउने लक्ष्य राखेको जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्