images
images
images

निर्वाचनपछि शेयर बजारमा उत्साह, नेप्सेमा पोजिटिभ सर्किट

images

काठमाडौं । प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को परिणामपछि शेयर बजारमा सकारात्मक प्रभाव देखिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।

सोमबार बिहान कारोबार सुरु भएको केही मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले बढेपछि पोजिटिभ सर्किट लागेको छ । नेप्से ४ प्रतिशतले बढेपछि नियमअनुसार २० मिनेटका लागि कारोबार स्थगित गरिएको छ ।

लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू बताउँछन् । यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ । नेप्सेको सर्किट ब्रेकसम्बन्धी व्यवस्थाअनुसार २० मिनेटपछि बजार पुनः खुल्नेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्