images
images
images

पर्सामा जन्ती बोकेको कार दुर्घटना : चालकको मृत्यु, एक घाइते

images

रौतहट । पर्साको सखुवा प्रसौनी गाउँपालिकामा सोमबार राति जन्ती बोकेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।

बहुदरमाई नगरपालिका–८ रामनगरीका साहेब सहनीको घरबाट सखुवा प्रसौनीको एकडरवा गाउँतर्फ जाँदै गरेको बीआर ०६४५ नम्बरको कार महुवनस्थित गण्डक नहर नजिक दुर्घटनामा परेको हो। अनियन्त्रित भएको कार राति करिब ९स्१५ बजे सडक छेउको पिपलको रूखमा ठोक्किएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका चालकको बाराको नौतनस्थित एलएस न्युरो अस्पतालमा उपचारका क्रममा राति १०स्१५ बजे मृत्यु भएको पर्साका प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए। मृतक चालकको नाम र ठेगाना भने अझै खुल्न सकेको छैन ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका अर्का एक यात्रीको सोही अस्पतालमा उपचार भइरहेको छ । प्रहरीले घटनाको थप अनुसन्धान गरी रहेको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्