images
images
images

बेलायतमा चिनियाँ कृषि ड्रोनहरू लोकप्रिय, अर्थतन्त्रमा ठूलो सहयोग पुग्ने अनुमान

images

एजेन्सी । बेलायतमा चिनियाँ कृषि ड्रोनहरू निकै लोकप्रिय भइरहेका छन् । विश्लेषकहरूका अनुसार पाँच वर्ष भित्र हजारौं बेलायती किसानहरूले ड्रोन प्रयोग गर्ने अवस्थामा पुग्नेछन् ।

लिभरपुल नजिकैको सानो फार्ममा काम गरिरहेका ड्रोनहरुले पोलिथिनबाट बनेका सुरुङहरू सफा गरिरहेके पनि देखिन्छ । अटोस्प्रे सिस्टम्सका सीईओ रोबर्ट पियर्सन भन्छन्,‘ प्रत्येक वर्ष आफ्नो पोलिथिन सफा गर्न, किसान र वातावरण दुवैको लागि ड्रोन उपयुक्त हुनेछ ।

ड्रोनले बालीहरूको निगरानी गर्न र केही अवस्थामा, बीउ रोप्न पनि सक्नेछन् । केही मिनेटमा सयौं बीउ खसाल्दै वन उब्जाउन पनि मद्दत गर्न सक्नेछ । ड्रोनहरूले लागत घटाउने र उत्पादकता सुधार गर्ने अपेक्षा गरिएको छ । ड्रोन प्रयोगकै कारण ब्रिटिश अर्थतन्त्रमा २ अर्ब डलर थपिने अपेक्षा गरिएको छ । (सीसीटीभीप्लस)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्