सर्लाही । सर्लाहीमा अवैध चाँदीका गरगहनासहित एक जना पुरुष पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको मलंगवा नगरपालिका–९ निवासी ५५ वर्षीय गौरीशंकर साह रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार साहको साथबाट भन्सार छली गरी ल्याइएको (१५.४६) ग्राम चाँदीका गरगहना बरामद गरिएको हो ।
प्रहरीले मलंगवा नगरपालिका–९ स्थित ट्रायल सेन्टर अगाडिको सडकबाट भारतबाट अवैध रूपमा चाँदी ल्याउँदै गरेका साहलाई नियन्त्रणमा लिएको जनाएको छ ।
पक्राउ परेका साहलाई आवश्यक कानुनी प्रक्रिया अगाडि बढाउन सर्लाही भन्सार कार्यालय मलंगवामा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्