images
images
images

अधिक तरलता व्यवस्थापन गर्न २० अर्ब झिक्दै राष्ट्र बैंक

images

काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता थुप्रिएपछि नेपाल राष्ट्र बैंकले फेरि २० अर्ब रुपैयाँ बजारबाट झिक्ने भएको छ । केन्द्रीय बैंकले चैत १ गते उक्त रकम तान्न निक्षेप संकलन उपकरणमार्फत बोलकबोल आह्वान गरेको हो ।

राष्ट्र बैंकका अनुसार यसका लागि आज दिउँसो ३ बजे बोलकबोल हुने छ । निक्षेप दिन इच्छुक बैंक तथा वित्तीय संस्थाले न्यूनतम १० करोड रुपैयाँदेखि माथि ५ करोड रुपैयाँका दरले भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सक्नेछन् ।

निक्षेप संकलनको बोलकबोल ब्याजदरमा गर्नुपर्नेछ भने बहुब्याजदरमा पनि बहुबोलकबोल गर्न सकिने व्यवस्था रहेको राष्ट्र बैंकले जनाएको छ । यस बोलकबोलमा ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन्।

राष्ट्र बैंकले २८ दिने अवधिका लागि निक्षेप संकलन उपकरणमार्फत रकम तान्न लागेको हो  । केन्द्रीय बैंक का अनुसार उक्त निक्षेप संकलन उपकरणको साँवा तथा ब्याज आगामी चैत २९ गते भुक्तानी गरिनेछ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्