images
images
images

मनकामना ईभी गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु

images

काठमाडौं । गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किंदै गरेको विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ । भने ८ जना घाइते भएका छन् ।

शनिबार गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किदै गरेको बा प्र ०१–००६ ख ८४३० नम्बरको विद्युतीय (ईभी) गाडी सहिद लखन गाउँपालिका–३ कान्टारमा राति करिब ८ बज दुर्घटना भएको हो ।

गाडी सडकबाट करिब २००मिटर तल खसेको थियो । दुर्घटनामा परि मृत्यु हुने ७ जना भारतीय नागरिक रहेका छन् ।

घाइतेमध्ये ७ जनाको आँबुखैरेनीस्थित अस्पतालमा उपचार भइरहेको छ । गम्भीर घाइते अर्का एकको थप उपचारका लागि भरतपुर रिफर गरिएको प्रहरीले जनाएको छ ।

ओरालो बाटोमा ईभी गाडी तातेर ब्रेक फेल हुँदा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्