images
images
images

पूर्वमहानिर्देशक अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा, ७० लाख घुस प्रकरण विशेष अदालतमा

images

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको छ । आयोगले आइतबार विशेष अदालतमा अधिकारीविरुद्ध ७० लाख रुपैयाँ भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर गरेको हो ।

अधिकारीले एचके इन्टरप्राइजेज प्रालिका सञ्चालक श्रीकृष्ण श्रेष्ठबाट ७० लाख रुपैयाँ घुस लिएको अख्तियारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

अधिकारीले सो रकम विकास चापागाई, देवेन्द्र केसी र रवीन्द्र लामिछाने लगायतसँग मिलेर उनीहरूको बैंक खातामा राखेर घरजग्गा कारोबारमा प्रयोग गरेको समेत आयोगद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्