images
images
images

पानी जीवन र समृद्धिको आधार : राष्ट्रपति पौडेल

images

काठमाडौं । रामचन्द्र पौडेलले पानी जीवन, स्वास्थ्य, समृद्धि र सामाजिक न्यायको आधार भएको बताएका छन् ।

विश्व पानी दिवस २०२६ (२२ मार्च)का अवसरमा शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले मानव सभ्यताको विकासदेखि हालसम्म पानीले जीवनका हरेक पक्षलाई दिशानिर्देश गर्दै आएको उल्लेख गरे ।

उनले पानीको संरक्षण, दिगो उपयोग र समान पहुँच सुनिश्चित गर्न सरकारी निकाय, विकास साझेदार, संघसंस्था र आमनागरिकबीच सहकार्य र प्रतिबद्धता आवश्यक रहेको बताए। साथै, खानेपानी व्यवस्थापनमा लैङ्गिक समानता, समानुपातिक सहभागिता र न्यायोचित पहुँच सुनिश्चित गर्नुपर्नेमा जोड दिए ।

राष्ट्रपति पौडेलले भूमिगत जलस्रोत महत्वपूर्ण प्राकृतिक सम्पदा भएको उल्लेख गर्दै यसले पारिस्थितिक प्रणालीलाई दिगो बनाउने, नदीको बहाव व्यवस्थापन गर्ने, जलवायु परिवर्तनको प्रभाव न्यूनीकरण गर्ने तथा सुरक्षित पिउने पानी आपूर्ति गर्न मद्दत पु-याउने बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्