images
images
images

तिला गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था

images

जुम्ला । तिला गाउँपालिकमा प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था भएको छ । पालिका तीन महिनादेखि प्रमुख प्रशासकीय अधिकृतविहीन भएको भन्दै चर्को आलोचना भएपछि बिहीबार पालिकामा कर्मचारी व्यवस्थापन गरिएको हो ।

सङ्घीय मामिला तथा स्थानीय प्रशासन मन्त्रालयले पालिकामा कार्यरत वरिष्ठ कर्मचारी सुरेन्द्रसिंह साउदलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिएको तिला गाउँपालिका अध्यक्ष मोतीलाल रोकायाले जानकारी दिए ।

यसअघिका प्रमुख प्रशासकीय अधिकृत सुरेश भट्टराईको माघको दोस्रो साता सरुवा भएपछि फागुनदेखि कर्मचारीको तलबसमेत निकासा हुन नसकेको उनले बताए ।

यसैबीच, पालिकामा चालु आर्थिक वर्षको प्रथम आठ महिनामा पुँजीगततर्फ कूल बजेटको १७ प्रतिशत मात्र खर्च भएको छ । पालिकाले यो आवमा रु २८ लाख आठ हजार ७५० राजस्व सङ्कलनको लक्ष्य लिएकामा रु नौ लाख ९७ हजार सङ्कलन भएको जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्