काठमाडौं । लेखक तथा विश्लेषक दिनेश सत्याल (सौरभ)ले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ को शपथग्रहणको सन्दर्भमा सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेको अभिव्यक्तिले राजनीतिक वृत्तमा नयाँ बहस जन्माएको छ। शुक्रबार दिउँसो उनले ‘कुरो बुझ्नेलाई मैले ईशारा गरिदिएकै थिएँ…’ भन्दै वर्तमान घटनाक्रमप्रति आफूले पूर्वानुमान गरिसकेको संकेत दिएका हुन्।
समसामयिक विषयमा तीक्ष्ण र वस्तुनिष्ठ विश्लेषण गर्ने सौरभको उक्त टिप्पणीलाई अर्थपूर्ण रूपमा हेरिएको छ। गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि विकसित राजनीतिक परिस्थितिले मुलुकलाई नयाँ उथलपुथलतर्फ धकेल्दै अन्ततः संसदीय निर्वाचन र नयाँ सरकार गठनसम्म पुर्याएको पृष्ठभूमिमा उनको अभिव्यक्ति आएको हो।
यसबीच, सौरभले तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेनप्रति गरेको कटाक्ष-उनीलाई ‘लुसिफर’ को संज्ञा दिएको प्रसंग-पहिल्यैदेखि विवाद र चर्चाको केन्द्रमा रहँदै आएको थियो। पछिल्लो अभिव्यक्तिले पनि सरकार गठन र मन्त्री नियुक्तिसँग सम्बन्धित संकेत गरेको हुनसक्ने आँकलन सुरु भएको छ।
उता, जेन–जी आन्दोलनका क्रममा ‘पानी बाँड्न गएको’ बताउने ‘हामी नेपाल’ नामक गैरसरकारी संस्थाका सञ्चालक सुधन गुरुङको राजनीतिक उभारले पनि चर्चा चुलिएको छ। तत्कालीन सुशीला कार्की नेतृत्वको सरकारमा ‘किङमेकर’ को भूमिकामा देखिएका उनी अहिले बालेन नेतृत्वको मन्त्रिपरिषद्मा गृहमन्त्री बन्न पुगेपछि यसबारे विभिन्न कोणबाट टिप्पणी भइरहेको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्