images
images
images

अध्यक्ष ओली पक्राउप्रति निर्माण उद्योग परिषदको कडा आपत्ति

images

काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाप्रति नेपाल निर्माण उद्योग परिषदले कडा विरोध जनाएको छ ।

शनिबार ओलीको पक्राउ लगत्तै परिषदले एक विज्ञप्ति जारी गर्दै यसलाई ‘राजनीतिक पूर्वाग्रह’ र ‘प्रतिसोधपूर्ण’ कदमको संज्ञा दिएको छ । परिषदले ओलीलाई तत्काल विनासर्त रिहा गर्न माग समेत गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘राजनीतिक पूर्वाग्रह राखी प्रतिसोधपूर्ण भावले गरिएको यो पक्राउ लोकतन्त्र, विधिको शासन र न्यायको पक्षमा उभिनेहरूमाथिको प्रहार हो । त्यसैले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई तत्काल रिहाई गरियोस् भन्ने जोडदार माग गर्दछौं ।’

परिषदले यो गिरफ्तारी लोकतान्त्रिक मूल्य–मान्यताको विरुद्ध रहेको उल्लेख गर्दै यसको प्रतिकार गर्ने चेतावनी दिएको छ । प्रतिसोधपूर्ण पक्राउ विरुद्ध पार्टी ९नेकपा एमाले० ले गर्ने हरेक विरोधका कार्यक्रममा आफ्नो सक्रिय सहभागिता रहने परिषदले स्पष्ट पारेको छ ।

साथै, परिषदले सम्पूर्ण न्यायप्रेमी जनसमुदायलाई यस कदमको विरुद्धमा उभिन र अध्यक्ष ओलीको तत्काल रिहाईका लागि आन्दोलित हुन समेत आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्