पूर्वाधार वाच, काठमाडौं ।
इकोनोमिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४औँ, १५औँ र १६औँ वार्षिक साधारणसभा आज काठमाडौंमा सम्पन्न भएको छ । सभामा शेयर सदस्य, सञ्चालक समिति तथा पदाधिकारीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
तीन वर्षको वित्तीय विवरण अनुमोदन
साधारणसभाले आर्थिक वर्ष २०७९/८० देखि २०८१/८२ सम्मका वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण पारित गरेको छ ।
यससँगै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्त गर्ने र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि स्वीकृत गरिएको छ ।
उद्देश्य परिवर्तनबारे छलफल
सभामा संस्थाको उद्देश्य परिवर्तन गर्ने विषयमा पनि प्रस्ताव प्रस्तुत गरिएको थियो । सो प्रस्तावमाथि सदस्यहरूबीच विस्तृत छलफल भएको जनाइएको छ ।
सहकारीलाई हालकै संरचनामा निरन्तरता दिने वा नयाँ उद्देश्यसहित अगाडि बढ्ने भन्ने विषयमा सदस्यहरूले आ–आफ्नो धारणा राखेका थिए ।
थप अध्ययनपछि निर्णय लिने निष्कर्ष
उक्त विषयमा तत्काल निर्णय नगरी आवश्यक अध्ययन तथा थप छलफलपछि आगामी दिनमा उपयुक्त निर्णय लिने निष्कर्ष सभाले निकालेको संस्थाले जनाएको छ ।
साथै, सञ्चालक समितिबाट गरिएका विभिन्न निर्णयहरू अनुमोदन गर्नुका साथै निर्णय पुस्तिकामा हस्ताक्षर गर्ने प्रतिनिधि चयन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्