काठमाडौं । गायिका तथा संगीतकार लक्ष्मी हमालको गीतुलडेर उठनुको म्युजिक भिडियो सार्वजनिक भएको छ । म्युजिक भिडियोमा अभिनय गरेकी मल्लिका राजोपाध्यायको युट्यव च्यानल मल्लिका अफिसियलमार्फत ‘लडेर उठ्न’ सार्वजनिक गरिएको हो ।
नेपाली सांगीतिक क्षेत्रका हस्ती गोपाल योञ्जनका पुत्र निर्माण योञ्जनको शब्द तथा संगीत रहेको सोलो गीतको म्युजिक भिडियो निर्माण गरेकी गायिका तथा संगीतकार लक्ष्मीले हालैमात्र ‘जिन्दगीको गोरेटो’ सार्वजनिक गरेकी थिईन् ।

यो पल्ट लडेर उठनको म्युजिक भिडियोमा विक्रम बुढाथोकी र मल्लिका राजोपाध्याय फिचर्ड छन् भने एक हजार भन्दा बढी म्युजिक भिडियो निर्देशन गरेकी वविता श्रेष्ठले भिडियोको निर्देशन गरेकी छन् ।
ट्रयाडिस्नल कलरिङ् दिइएको म्युजिक भिडियोको सम्पादन भने विकास दहाल, सुमन तामाङ र नविना बोहोराले गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्