काठमाडौं । आज (बुधबार) विश्व पृथ्वी दिवस मनाइँदै छ । अप्रिल २२ का दिन विश्वभर वातावरण र पृथ्वीको संरक्षणका लागि विश्व पृथ्वी दिवस मनाइन्छ ।
नेपालका विभिन्न स्थानमा विभिन्न कार्यक्रम गरेर यो विश्व पृथ्वी दिवस मनाइँदै छ ।
सन् २००९ मा राष्ट्रसंघको ६३औँ महासभाले अप्रिल २२ तारिखलाई विश्वभर पृथ्वी दिवसका रूपमा मनाउने निर्णय गरेअनुसार अहिले यो दिवस विश्वभर मनाइन्छ ।
पृथ्वीमा बढ्दै गएका विकराल समस्या समाधान न्यूनीकरण गर्न र मानिसलाई प्रेरित गराउन यो दिवस मनाउने गरिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्