images
images
images

धुलो र धुवाँको घेरामा रुमल्लिएको काठमाडौं : पार्क र रुखहरूले जोगाएको अस्तित्व

images

काठमाडौं । काठमाडौं उपत्यका आजभोलि दुई परस्पर विरोधी दृश्य बोकेको शहर बनेको छ ।

एकातिर तीव्र र अनियन्त्रित शहरीकरण, सवारी साधनको बढ्दो चाप र सडक विस्तारका कारण उत्पन्न धुलो र धुवाँले जनजीवन कष्टकर बनाएको छ ।

यही कङ्क्रिटको जङ्गल र कोलाहलका बीच शहरका केही कुनामा रहेका पार्क र हरियाली क्षेत्रहरूले भने काठमाडौँबासीलाई ठूलो राहत दिएका छन् ।

धुलो र धुवाँबाट केही समय भए पनि मुक्ति पाउन र मानसिक शान्ति खोज्न मानिसहरू यस्ता सीमित हरियाली क्षेत्रमा पुग्ने गर्दछन् ।

थोरै संख्यामा भए पनि उपलब्ध रुख र हरीयाली पार्कहरूले शहरको सौन्दर्य मात्र जोगाएका छैनन् । बरु व्यस्त जीवनशैलीबाट थकित मानिसहरूका लागि रिचार्ज हुने थलो समेत बनेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्