बाजुरा । बाजुरामा हावाहुरी सहित चट्याङ र असिना पानी परेको छ । यहाँका ९ वटै स्थानीय तहमा तीव्र वेगमा हावासहित चट्याङ असिना पानी परेको हो। मौसममा आएको बदली सँगै तीव्र वेगमा हावाहुरी चल्दा यहाँको जनजीवन प्रभावित बनेको हो ।
हावाहुरी र असिना पानीले खेतमा लगाइएको गहुँ, जौ, आलु, प्याज र टमाटर लगायतको तरकारी बाली सखाप परेको हो । मेहेनत गरेर लगाएको खेती असिना पानीले असर पु¥याएपछि किसान चिन्तित बनेका छन् ।
असिनाले हिउँदे बाली गहुँ, जौ, तरकारी, फलफूल खेतीमा ठुलो क्षति भएको बडिमालिका—७ ढम्कनेका स्थानीय हरिकृष्ण वोहराले बताए । बाजुरामा वर्षेनी असिना पानीले हिउँदे बालीनालीमा असर पुर्याउने गरेको उनले जानकारी दिए।असिना हिउँ गहुँ,जौ लगायत तरकारी बालीमा क्षति पु¥याएको कृषि ज्ञान केन्द्र बाजुराले जनाएको छ ।
बाजुरामा हिजो बेलुकी मात्रै परेको असिना पानी र चट्याङले पशु चौपायामा क्षति पु-याएको छ । विभिन्न ठाउँमा १६ भेडा बाख्रा मरेका हुन् ।
भने ३८ भेडा बाख्रा हराएका छन् । त्यस्तै हावाहुरीले घरहरूमा समेत क्षति पु¥याएको हो । बाजुरामा बर्षेनी विगतजन्य घटनाबाट ठुलो क्षति हुने गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्