images
images
images

प्रधान सेनापतिद्वारा उपरथी दर्ज्यानी चिह्न प्रदान

images

काठमाडौं । नेपाली सेनामा पदोन्नति भएका तीन वरिष्ठ अधिकृतलाई आज उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरिएको छ ।

जङ्गी अड्डामा आयोजित विशेष समारोहमा प्रधान सेनापति महारथी अशोक राज सिग्देलते प्राविधिक सहायक रथी डा. भरत बहादुर भण्डारी, सहायक रथी माधव थापा र सहायक रथी शक्ति जंग बस्नेतलाई उपरथी दर्जाको चिन्ह प्रदान गरेका हुन् ।

कार्यक्रममा नेपाली सेनाका बलाधिकृत, रथीवृन्द, अधिकृत लगायत पदोन्नति भएका रथीवृन्दहरूको उपस्थिति रहेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्