images
images
images

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

images

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मन्त्रिपरिषद् बैठक बस्दैछ । उक्त बैठकले नेपाल धितोपत्र बोर्ड (सेबोन)को नयाँ अध्यक्ष नियुक्त गर्ने सम्भावना रहेको छ ।

बोर्ड अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस समितिले ४७ आवेदकमध्येबाट डा. नवराज अधिकारी, विनयदेव आचार्य, मुकुन्द कुमार क्षेत्री र डा. गोपाल प्रसाद भट्टलाई संक्षिप्त सूचीमा राख्दै अन्तर्वार्ता र कार्ययोजना प्रस्तुतीकरण गरिसकेको छ । तीमध्ये तीन जनाको नाम मन्त्रिपरिषद्मा सिफारिस गरिएको बुझिएको छ ।

प्रतिस्पर्धामा रहेका उम्मेदवारमध्ये डा. अधिकारी सेबोनका पूर्व कार्यकारी निर्देशक हुन् भने विनयदेव आचार्य हाल कार्यकारी निर्देशकका रूपमा कार्यरत छन् । मुकुन्द कुमार क्षेत्री र डा। गोपाल भट्ट नेपाल राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक हुन् ।

गत वैशाख ५ गतेदेखि रिक्त रहेको अध्यक्ष पदमा मन्त्रिपरिषद्ले सिफारिस भएका तीन जनामध्येबाट एक जनालाई नियुक्त गर्नेछ । नयाँ अध्यक्ष नियुक्तिसँगै लामो समयदेखि रोकिएका आइपिओ निष्कासन लगायतका कामले गति लिने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्