images
images
images

हावाहुरीका कारण रौतहटमा घर भत्किँदा महिलाको मृत्यु, विद्युत् अवरुद्ध

images

रौतहट । रौतहटमा हावाहुरीका कारण घर भत्किँदा एक महिलाको मृत्यु भएको छ भने विद्युत् सेवा समेत अवरुद्ध भएको छ । सोमबार बेलुका साढे ७ बजेको समयमा आएको हावाहुरीका कारण रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ७ धमौरा गढी टोलमा स्थानीय बच्चेलाल रायको एक तले कच्ची घर भत्किएको हो ।

टायलको छानो र बाँसको बार भएको उक्त घर भत्किँदा रायकी अन्दाजी ३५ वर्षीया श्रीमती फुल कुमारी देवी भग्नावशेषमा च्यापिएर गम्भीर घाइते भएकी थिइन् । घाइते फुल कुमारीलाई तत्काल उपचारका लागि बेटर नेपाल हस्पिटल, गरुडा ल्याइएकोमा चिकित्सकहरूले उनलाई मृत घोषित गरेका थिए ।

मृतकको शव अहिले सोही अस्पतालमा राखिएको छ । घटनाको जानकारी पाउनासाथ प्रहरी चौकी हर्षाहाबाट प्रहरी सहायक निरीक्षक ९प्रसनि० सुमन परियार र इलाका प्रहरी कार्यालय गरुडाबाट प्रहरी निरीक्षक ९प्रनि० प्रमोद खड्काको प्रहरी टोली घटनास्थलमा पुगेको थियो । घटनास्थल प्रहरी चौकी हर्षाहाबाट अन्दाजी ३ किलोमिटर पूर्व-दक्षिणमा पर्दछ ।

यसै गरी, हावाहुरीकै कारण रौतहटको चपुर—गौर सडक खण्डमा विद्युत् सेवा अवरुद्ध भएको छ । जिगडिया पेट्रोल पम्पदेखि बिर्ता चोक आसपासमा चपुर-गौर ३३ के.भी. लाइनका ३ वटा पोल भाँचिएका छन् भने १० वटा पोलबाट तार खसेको छ ।

विद्युत् प्राधिकरणले लाइन मर्मतका लागि प्राविधिक तथा कर्मचारीहरू फिल्डमा खटाइसकेको नेपाल विद्युत् प्राधिकरण गौरले जनाएको छ । मर्मत सम्भारको काम सकिएपछि मात्र विद्युत् सेवा पुनः सुचारु हुने भन्दै प्राधिकरणले ग्राहक वर्गमा पर्न गएको असुविधाप्रति क्षमा याचना सहित जानकारी गराएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्