images
images
images

रामपुरमा वृक्षारोपण तथा जलवायु सचेतना कार्यक्रम सम्पन्न

images

चितवन। विश्व वातावरण दिवसको अवसरमा चितवनको रामपुरमा वातावरण संरक्षणसम्बन्धी प्रस्तुतीकरण तथा वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) विशिष्टिकृत अनुसन्धान केन्द्र, बागमती प्रदेश र रामपुर माध्यमिक विद्यालयको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न भएको हो।

‘समृद्ध भविष्यको आधार : जलवायु एवं प्रकृतिमैत्री विकास’ भन्ने नाराका साथ आयोजित कार्यक्रममा वातावरण संरक्षण, जलवायु परिवर्तनका प्रभाव तथा न्यूनीकरणका उपायबारे जानकारी प्रदान गरिएको थियो।
रामपुर माध्यमिक विद्यालयमा आयोजित कार्यक्रममा नास्ट विशिष्टिकृत अनुसन्धान केन्द्रका वरिष्ठ प्राविधिक अधिकृत ई. बाबुराम के.सी.ले वातावरणीय संरक्षणको आवश्यकता, जलवायु परिवर्तनका असर र त्यसबाट उत्पन्न चुनौतीबारे प्रस्तुतीकरण दिनुभएको थियो।

प्रस्तुतीकरणपछि विद्यालय परिसर तथा आसपासका क्षेत्रमा विभिन्न प्रजातिका बिरुवा रोपिएको आयोजकले जनाएको छ। विद्यालय क्षेत्रलाई हरियाली बनाउने उद्देश्यले गरिएको वृक्षारोपण कार्यक्रममा विद्यार्थी, शिक्षक तथा अनुसन्धान केन्द्रका कर्मचारीको सहभागिता थियो।

कार्यक्रममा सहभागीहरूले वातावरण संरक्षणलाई सामूहिक दायित्वका रूपमा लिनुपर्नेमा जोड दिएका थिए। आयोजकका अनुसार वातावरणीय चेतना विस्तार तथा संरक्षण गतिविधिमा समुदायको सहभागिता बढाउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो ।

 

 

 

 

 

 

 

 

 

 

 

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्