काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ । संघले आज ९शनिबार०देखि लागू हुने गरि अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो ।
नयाँ मूल्यसूचीअनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो । यस्तै, ठूलो अण्डाको ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो ।
यसैगरी, मध्यम अण्डाको ५१५ रुपैयाँ भएको छ । सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो । यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्