images
images
images

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको अध्यक्षमा रामप्रसाद गैरे निर्वाचित

images

पूर्वाधार वाच, काठमाडौं।

नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एशोसिएशनको निर्वाचनबाट रामप्रसाद गैरेको नेतृत्वमा नयाँ कार्यसमिति निर्वाचित भएको छ । पदाधिकारी तथा सदस्यसहित १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो । अध्यक्षदेखि सदस्यसम्मका विभिन्न पदमा प्रतिस्पर्धा भएको निर्वाचनमा गैरेले स्पष्ट मतान्तरसहित अध्यक्ष पदमा विजय हासिल गरेका हुन् ।

अध्यक्ष पदमा रामप्रसाद गैरेले १८६ मत प्राप्त गर्दै विजयी भए भने उनका प्रतिद्वन्द्वी किशोरकुमार केसीले ९५ मत प्राप्त गरे । प्रथम उपाध्यक्षमा सुवर्ण लामा १७६ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी शिवकुमार कार्कीले ९७ मत पाए । द्वितीय उपाध्यक्ष पदमा हर्कबहादुर लिम्बु १५३ मतसहित विजयी हुँदा विजयकुमार कार्कीले १२० मत प्राप्त गरे । तृतीय उपाध्यक्षमा हिरादेवी बुढाथोकी १६८ मतसहित निर्वाचित भइन् भने सोमबहादुर तामाङले १०१ मत पाए ।

महासचिवदेखि सहकोषाध्यक्षसम्म नयाँ पदाधिकारी चयन

महासचिव पदमा सुमनराज पाण्डे १६० मतसहित विजयी भए भने अभिनयमान सिंह बस्नेतले ११२ मत प्राप्त गरे । सचिव पदमा हिमा गुरुङ १४० मतसहित निर्वाचित हुँदा नारायण भुसालले १३३ मत पाए । सहसचिव पदमा जगतबहादुर गुरुङ १५३ मतसहित विजयी भए भने शिवप्रसाद चालिसेले १०८ मत प्राप्त गरे ।

कोषाध्यक्ष पदमा भीममाया कार्की (कल्पना) १४१ मतसहित निर्वाचित भइन् भने राधा केसीले १२६ मत प्राप्त गरिन् । सहकोषाध्यक्ष पदमा कैलाश पाठक १८० मतसहित विजयी हुँदा दीपक खड्काले ९२ मत पाए ।

सदस्य पदमा १० जना विजयी

सदस्य पदका लागि भएको प्रतिस्पर्धामा ओमप्रकाश शिवाकोटी, विष्णुप्रसाद सापकोटा, उर्मिला लामा, नवीन क्षेत्री पौडेल, मिलन पोखरेल, राजेश मैनाली, युवराज खतिवडा, विक्रम खतिवडा, पुण्यकुमार श्रेष्ठ र शेरबहादुर गुर्मछान विजयी भएका छन् । उनीहरूले क्रमशः १७३, १६०, १५१, १४८, १३०, १२७, १२४, १२३, १२३ र ११९ मत प्राप्त गरेका हुन् ।

यस्तै सदस्य पदमा प्रतिस्पर्धा गरेका वीरबहादुर भोलन तामाङ, भूपेन्द्र भट्टराई, लक्ष्मीप्रसाद तिवारी (राजु), विन्दालाल साह, प्रेमबहादुर मगर, धर्मानन्द कोइराला (रविन), बसन्त खड्का, साइद कवारी तथा फणीन्द्रकुमार केसी (प्रशान्त खतिवडा) भने पराजित भएका छन् ।

नयाँ नेतृत्वको प्रतिबद्धता : व्यवसायीको हकहित र सुरक्षित वैदेशिक रोजगारमा जोड

नवनिर्वाचित कार्यसमितिले वैदेशिक रोजगार व्यवसायीहरूको हकहित संरक्षण, व्यवसायिक एकता, संस्थागत सुदृढीकरण तथा सुरक्षित र व्यवस्थित वैदेशिक रोजगार प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएको छ ।

निर्वाचन परिणामले संस्थाभित्रको लोकतान्त्रिक अभ्यासलाई थप मजबुत बनाएको भन्दै व्यवसायीहरूले नयाँ नेतृत्वलाई शुभकामना दिएका छन् । नयाँ कार्यसमितिले अब व्यवसायीहरूको साझा मुद्दा उठाउने, संस्थागत एकता बलियो बनाउने र वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्