images
images
images

सामुदायिक वनमा ‘सिमेन्ट’का संरचना नबनाउन आग्रह

images

काठमाडौं । गोकर्णेश्वर नगरपालिका–४ यज्ञडोल (जगडोल) सामुदायिक वन क्षेत्रमा सिमेन्टका संरचना निर्माण नगर्न स्थानीयले आग्रह गरेका छन् ।

प्रदेश सरकारका विभिन्न निकायले आर्थिक वर्षको अन्त्यमा राष्ट्रिय शहीद तथा शान्ति पार्क र निजामती स्मारक निर्माणाधीन वन क्षेत्रमा एकाएक धेरै सिमेन्टका संरचना निर्माण गर्न थालेपछि स्थानीयले त्यसको विरोध गर्दै निर्माण रोक्न आग्रह गरेका हुन् ।

गोकर्णेश्वर नगरपालिकाले पनि उद्यान क्षेत्रमा सिमेन्टका संरचना जथाभावी निर्माण नगर्न पत्राचार गरेको थियो

मन्त्रिपरिषद्ले २०६४ जेठ ११ गते गोकर्णमा राष्ट्रिय शहीद पार्क तथा निजामती स्मारक निर्माण गर्ने निर्णय गरेको थियो । हाल शहरी विकास तथा भवन निर्माण विभागअन्तर्गत यो पार्क निर्माणाधीन छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्