images
images
images

गोरखामा दुई ‘मोटरेबल’ पुल निर्माण

images

गोरखा । जिल्लाका विभिन्न भाग भएर बग्ने चुक्तीखोला र लुदीखोलामा दुई वटा पक्की पुल निर्माण भएका छन् । यातायातका साधन सञ्चालन गर्नमिल्ने गरी निर्माण भएका ती पुलको आज उद्घाटन गरिएको हो ।

दुई वर्षभित्र निर्माणसम्पन्न गरिसक्ने सम्झौता भएका दुवै पुल एक वर्ष नबित्दै निर्माणसम्पन्न भएका हुन् । पुल पूर्वाधार विकास कार्यालयले निर्माण गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले दुवै पुलको उद्घाटन समारोहमा निर्माण व्यवसायीहरु राजेन्द्र थपलिया र मिलन खड्कालाई अभिनन्दन गरे ।

पूर्वाधार विकास कार्यालयका प्रमुख सन्तोष अर्यालका अनुसार लुदी खोलामा रु सात करोड ५९ लाख ३० हजार र चुक्तीखोलाको रु तीन करोड ५८ लाख ३९ हजारमा निर्माण गरिएको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्