काठमाडौं । रोटरी डिस्ट्रिक्ट ३२९२ अन्तर्गत नयाँ क्लबको रूपमा स्थापना भएको रोटरी क्लब अफ नेपाल मण्डलको चार्टर सर्टिफिकेट प्रदान तथा प्रथम पदस्थापन समारोह शुक्रबार ललितपुरको झम्सीखेलस्थित होटल स्क्वायरमा सम्पन्न भएको छ ।
गत २४ जुन २०२६ मा रोटरी अन्तर्राष्ट्रियबाट चार्टर (स्वीकृति) प्राप्त गरेको यस क्लबको औपचारिक यात्रा सुरु भएको अवसरमा यो विशेष समारोह आयोजना गरिएको हो । कार्यक्रमका मुख्य अतिथि एवं रोटरी डिस्ट्रिक्ट ३२९२ का डिस्ट्रिक्ट गभर्नर विष्णु बहादुर कार्कीले क्लबका चार्टर प्रेसिडेन्ट देवेन्द्र लाल श्रेष्ठलाई रोटरी अन्तर्राष्ट्रियको चार्टर सर्टिफिकेट हस्तान्तरण गरेका थिए ।
त्यसलगत्तै डिस्ट्रिक्ट गभर्नर कार्कीले रोटरी वर्ष २०२६/२७ का लागि नवनिर्वाचित अध्यक्ष उत्तम बाबु भट्टराईलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै प्रेसिडेन्सियल कलर पहिराएका थिए । नवनिर्वाचित अध्यक्ष भट्टराईले नयाँ कार्यसमितिका पदाधिकारी तथा सदस्यहरूलाई शपथ गराएका थिए ।
समारोहमा मदन पुरस्कार विजेता वरिष्ठ साहित्यकार युवराज नयाँघरे, डिस्ट्रिक्टका पूर्व गभर्नरहरू, असिस्टेन्ट गभर्नर दीपक श्रेष्ठ, न्यु क्लब एडभाइजर एजाज आलम लगायत विभिन्न रोटरी क्लबका नेतृत्वकर्ताहरू, सञ्चारकर्मी, तथा मानवअधिकारकर्मीहरूको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन पास्ट प्रेसिडेन्ट छेवाङ ङुडुपले गरेका थिए भने स्वागत मन्तव्य कार्यक्रमका संयोजक डा। शङ्कर प्रसाद आचार्यले राखेका थिए ।
पदभार ग्रहण गरेपछि आफ्नो प्रतिबद्धता मन्तव्य राख्दै अध्यक्ष उत्तम बाबु भट्टराईले यस वर्षको रोटरी नारा ‘दिगो प्रभाव सिर्जना गरौँ’ लाई आत्मसात् गर्दै क्लबले स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रमा ठोस काम गर्ने बताए ।
क्लबले आफ्नो मुख्य योजनाका रूपमा ‘माउन्टेन क्लिनिङ प्रोग्राम अघि सारेको घोषणा गर्यो । यस अन्तर्गत क्लबका उपाध्यक्ष एवं पर्वतारोही गाइड छिरिङ जाङ्बु शेर्पाले आगामी महिनादेखि सुरु गर्ने १,७०० किलोमिटर लामो ‘ग्रेट हिमालयन ट्रेल’ पैदल यात्राका क्रममा हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन र चेतना अभिवृद्धिको कार्यक्रम सञ्चालन गरिने अध्यक्ष भट्टराईले जानकारी दिए ।
यसका साथै, क्लबले सामुदायिक विद्यालयहरूमा छात्रा मैत्री शौचालय निर्माण, छात्रवृत्ति कोष स्थापना, ज्येष्ठ नागरिकका लागि स्वास्थ्य शिविर, ‘आरसीसी कालिञ्चोकु तथा ‘रोट्र्याक्ट क्लब अफ नेपाल मण्डल’को स्थापना जस्ता सामाजिक कार्यहरूलाई तत्काल अघि बढाउने लक्ष्य राखेको छ ।
नयाँ क्लब भए तापनि द रोटरी फाउन्डेसनमा क्लबका सबै २२ जना सदस्यहरूले प्रतिव्यक्ति १०० अमेरिकी डलरका दरले कुल २,२०० डलर योगदान गर्दै स्थापनाकै दिन ुरोटरी फाउन्डेसन सस्टेनेबल मेम्बर क्लबु बनेको घोषणा गरिएको छ ।
समारोहको अन्त्यमा प्रेसिडेन्ट इलेक्ट विश्व जय सिंह शाहीले धन्यवाद ज्ञापन गर्नुभएको थियो भने रोटरी परम्परा अनुसार देशको समृद्धि तथा विश्व शान्तिका लागि टोस्ट प्रस्ताव गर्दै कार्यक्रम समापन गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्