images
images
images

सही बसाइ, नियमित व्यायाम र तौल नियन्त्रणले ढाड–कम्मरको समस्या घट्छ : डा. विनोद विजुक्छे

images

काठमाडौं । पछिल्लो समय कम्मर तथा ढाड दुखाइको समस्या युवादेखि वृद्धसम्मका मानिसलाई तीव्र रूपमा बढ्दै जान थालेको छ । पहिले उमेर बढेसँगै देखिने समस्या मानिने कम्मर दुखाइ अहिले लामो समयसम्म बस्ने बानी र शारीरिक गतिविधिको कमी कार्यालयमा कम्प्युटरअघि निरन्तर काम गर्ने जीवनशैली तथा व्यायामको अभावका कारण युवामा पनि व्यापक रूपमा देखिन थालेको हो ।

नेपाल न्यूज बैंकले गरेको संवादमा हाडजोर्नी तथा नसारोग विशेषज्ञ डा। विनोद विजुक्छेले कम्मर दुखाइ विश्वभर सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक भएको भन्दै अधिकांश अवस्थामा जीवनशैली सुधार, नियमित व्यायाम र फिजियोथेरापीबाट नै निको हुने बताएका छन् ।

उनका अनुसार ढाड तथा कम्मर दुखाइ विश्वभरि नै सबैभन्दा सामान्य स्वास्थ्य समस्यामध्ये एक हो । उनले संसारभर अस्पताल पुग्ने प्रमुख कारणहरूमध्ये पनि ढाडको दुखाइ नै हो । अधिकांश मानिसमा देखिने ढाड दुखाइलाई चिकित्सकीय भाषामा ‘मेकानिकल ब्याक पेन’ भनिन्छ । ढाड दुखाइ हुने कारणहरु र मेरुदण्डको समस्या हुने कारणहरु ढाड बांगो हुने समस्या हो जसलाई ‘स्कोलियोसिस’ भनिन्छ ।

‘मेरुदण्डको समस्या एकदमै कमन छ । संसारभरि नै सबैभन्दा मुख्य समस्या देखिएको भनेको कम्मरको दुखाइ र ढाडको दुखाइ हो,’ उनले भने, ‘यस बाहेक ढाडको दुखाइ हुने कारणहरु मेरुदण्ड वा बाङ्गोपना पनि समस्याहरु छन् ।

ढाडको बाङ्गो हुने समस्या जसलाई ‘स्कोलियोसिस’ भनिन्छ । ढाडमा इन्फेक्सन हुनसक्ने, पाक्ने , धेरैजसो (बोनको ट्युबरकुलोसिस) हुने वा बोनको टिभी हुने जोखिम रहन्छ । कसै-कसैलाई (बोनको क्यान्सर) पनि हुनसक्छ । मेरुदण्डमा बाथ पनि हुनहुन्छ, जसलाई (आन्कायलोजिङ स्पोन्डिलाइटिस) भनेर भन्छौ । तर सामान्यत मेकानिकल ब्याक पेन हुने गरेको छ ।’

‘मेकानिकल ब्याक पेन’ हुने मुख्य कारणमा गलत बसाइ, काम गर्ने गलत तरिका, उमेरको प्रभाव तथा शरीरको अत्यधिक तौल रहेको उनले उल्लेख गरे ।
उनका अनुुसार सामान्य कम्मरको दुखाइका प्रकारहरु फरक हुने गरेको छ, रेस्ट गर्दा, सुत्दा कम हुने तर मुभमेन्टहरु गर्दाखेरि कम्मरमा दुखाईहरु धेरै हुन्छ भने त्यस्तो किसिमको पेनलाई ‘मेकानिकल ब्याक पेन’ भनेर भन्छौ । जुन कम्मरको भागमा मात्रै ‘लोकलाइज्ड’ हुन्छ । विशेषज्ञ विजुक्छेका अनुसार आराम गर्दा कम हुने तर हिँडडुल, सामान उठाउने वा शारीरिक गतिविधि गर्दा बढ्ने कम्मर दुखाइलाई सामान्यतया ‘मेकानिकल ब्याक पेन’ भनिन्छ ।

डा. विजुक्छेका अनुसार नसा च्यापिएको अवस्थाको दुखाइ भने सामान्य (मेकानिकल ब्याक पेन) भन्दा फरक हुन्छ । यस्तो अवस्थामा दुखाइ कम्मरमा मात्र सीमित नरही खुट्टातर्फ पनि फैलिन्छ । विशेषगरी दायाँतर्फको नसा च्यापिएको भए दायाँ खुट्टामा र बायाँतर्फको नसा च्यापिएको भए बायाँ खुट्टामा दुखाइ महसुस हुने उनले बताए ।

डा. विजुक्छेअनुसार मेरुदण्डका हड्डीबीच रहेको नरम डिस्क बाहिर निस्किएर नसामा दबाब परेपछि नसा च्यापिने समस्या हुन्छ । यसलाई डिस्क हर्निएसन, स्लिप डिस्क वा डिस्क प्रोल्याप्स पनि भनिन्छ ।

उनले नसा च्यापिने प्रमुख कारण मेरुदण्डका हड्डीबीच रहेको नरम ९इन्टरभर्टेब्रल डेस्क० फुटेर बाहिर निस्किनु रहेको बताए । यसलाई चिकित्सकीय भाषामा ९डेस्क हर्निएसन० तथा सामान्य भाषामा ९स्लिप डेस्क० पनि भनिन्छ । डिस्कले शरीरको भार धान्ने र झट्का सोस्ने काम गर्ने भएकाले दैनिक हिँडडुल, बसाइ वा कामकै क्रममा पनि कहिलेकाहीँ डिस्क च्यातिन वा बाहिर निस्किन सक्ने उनले बताए ।

डा। विजुक्छेले नसा च्यापिने समस्या अत्यन्तै सामान्य भएपनि यसलाई लिएर डराउन नहुने बताए । उनका अनुसार नसा च्यापिँदैमा पक्षघात ९प्यारालाइसिस० हुँदैन र सबै बिरामीलाई शल्यक्रिया पनि आवश्यक पर्दैन ।

उनले भने, ‘डेस्क भनेको एकदम सफ्ट अर्थात नरम हुन्छ । जसका कारण कहिलेकाहीँ साधारण हिडाइमा, बसाइमा, काम गराइमै पनि सफ्ट डिस्कहरु फुटेर बाहिर निस्किन सक्छ । बाहिर निस्कियो भने नसा च्यापिन्छ । त्यसलाई मेडिकल भाषामा डिस्क हर्निएसन वा स्लिप डिस्क भनिन्छ ।’

उनले नसा च्यापिनु भनेको एकदमै सामान्य समस्या रहेको बताए । उनले नसा च्यापिदैमा प्यारालासिस नहुने बताए । उनले नसा च्यापिएका सय जना बिरामीमध्ये केवल २ देखि ५ जनालाई मात्र शल्यक्रिया आवश्यक पर्ने र बाँकी ९५ देखि ९८ प्रतिशत बिरामी औषधि, फिजियोथेरापी, व्यायाम र जीवनशैली सुधारबाट नै निको हुने जानकारी दिए ।

उनले भने, ‘कम्मर दुखाइमा फिजियोथेरापीको भूमिका अत्यन्तै महत्वपूर्ण छ । औषधिभन्दा पनि नियमित एक्सरसाइज गर्नुभयो भने दुखाइ धेरै कम हुन्छ । एक्सरसाइजले जोर्नीलाई खुकुलो बनाउँछ र मेरुदण्डलाई सहयोग गर्ने मांसपेशी बलियो बनाउँछ ।’

उनले लामो समयसम्म कम्प्युटर वा मोबाइल प्रयोग गर्दा अपनाइने गलत पोस्चर९बस्ने तरिका०का कारण मांसपेशीमा अत्यधिक दबाब पर्ने र त्यसले ढाड, घाँटी तथा काँध दुख्ने समस्या बढिरहेको बताए ।

डा. विजुक्छेले भने, ‘पोस्चर भनेको बस्ने तरिका हो । आजकल कम्प्युटर र मोबाइलको प्रयोग धेरै भएकाले साना-साना बच्चाहरू पनि मोबाइलमा व्यस्त हुन्छन् । उनीहरू बस्ने, मोबाइल हेर्ने र कम्प्युटरमा काम गर्ने तरिका सही नहुँदा समस्या देखिन्छ । तीनचार वा पाँच–छ घण्टासम्म लगातार कम्प्युटरमा काम गर्नुपर्दा एउटै मांसपेशीमा निरन्तर लोड पर्छ । त्यसले मांसपेशी थाक्छ र थकाइ बढेपछि दुखाइ सुरु हुन्छ ।’

विजुक्छेका अनुसार हिजोआज साना बालबालिकादेखि वयस्कसम्म मोबाइल र कम्प्युटरको अत्यधिक प्रयोग गर्ने भएकाले बस्ने तरिका र उपकरण प्रयोग गर्ने शैलीमा विशेष ध्यान दिन आवश्यक छ ।

विजुक्छेले आधुनिक प्रविधिका कारण शल्यक्रिया अझ सुरक्षित, प्रभावकारी र कम पीडादायी बन्दै गएको बताए । नेपालमा स्पाइन सर्जरीको सुरुवाती अभ्यासदेखि आधुनिक प्रविधिको प्रयोगसम्म ठूलो परिवर्तन आएको उनको भनाइ छ ।

उनले भने, ‘नेपालमा मैंले सन् २००६ देखि (स्पाइन सर्जरी) सुरु गरेको हुँ । त्यतिबेला ढाड बाङ्गोपन, मेरुदण्डको संक्रमण, नसा च्यापिने समस्या तथा प्यारालाइसिस भएका बिरामीको उपचारका लागि पुनर्निर्माणात्मक (स्पाइन सर्जरी)को अभ्यास सुरु गरेका थियौं । त्यसयता प्रविधिमा धेरै ठूलो परिवर्तन आएको छ ।’

उनले धेरैजसो बिरामीलाई शल्यक्रिया गर्न आवश्यक नपर्ने तर गर्नैपर्ने अवस्थामा अहिलेका आधुनिक उपकरणले उपचारलाई धेरै सहज बनाएको बताए । उनका अनुसार मेरुदण्डमा प्रयोग हुने स्क्रुज, रड तथा अन्य इन्स्ट्रुमेन्टहरू अत्याधुनिक भएका छन् । अहिले सानो प्वालबाटै(इन्डोस्कोपिक स्पाइन सर्जरी) गर्न सकिने अवस्था छ, जसले बिरामीलाई छिटो निको हुन मद्दत गर्छ ।

ढाड र कम्मरको समस्याको उपचारको मुख्य उद्देश्य बिरामीलाई पुनः सामान्य जीवन र आफ्नो दैनिक काममा फर्काउनु रहेको उनले बताए । सही बस्ने र काम गर्ने बानी, नियमित व्यायाम तथा तौल नियन्त्रणले यस्ता समस्या रोकथाम गर्न सकिने उनको भनाइ छ ।

‘हाम्रो उपचारको मुख्य उद्देश्य बिरामीलाई आफ्नो दैनिक काममा सहज रूपमा फर्काउने र उहाँहरूको जीवनस्तर सुधार गर्ने हो । उपचारपछि पहिले जस्तै काम गर्न सक्ने अवस्था सिर्जना गर्नु नै हाम्रो लक्ष्य हो,’ उनले भने, ‘ढाड र कम्मरको समस्या हुनुको मुख्य कारण गलत बस्ने र काम गर्ने बानी हो । त्यसैले होचो ठाउँमा वा पलेटी मारेर लामो समय बस्ने बानीबाट जोगिनुपर्छ । यो समस्या भएकाहरूका लागि मात्र होइन, सबैका लागि लागू हुने सल्लाह हो ।’

नियमित व्यायामले मांसपेशी र हड्डीबीचको सन्तुलन राख्नाले ढाड र कम्मरलाई बलियो बनाउने उनले बताए । उनले भने, ‘उमेर बढ्दै जाँदा हड्डी खिइनु प्राकृतिक प्रक्रिया हो र यसलाई रोक्न सकिँदैन । तर नियमित व्यायाममार्फत शरीरको लचकता र बल कायम राखेर त्यसबाट हुने असरलाई कम गर्न सकिन्छ ।’

उनले कम्मर दुखाइबाट बच्न लामो समय एउटै अवस्थामा नबस्न, होचो स्थानमा पलेटी मारेर नबस्न, प्रत्येक आधा घण्टामा केही मिनेट उभिने वा हिँड्ने बानी बसाल्न सुझाव दिए । यसले मेरुदण्ड, मांसपेशी र जोर्नीबीच सन्तुलन कायम राख्न सहयोग पुग्ने उल्लेख गरे ।

डा। विजुक्छेले कम्मर दुखाइको उपचारमा फिजियोथेरापी र नियमित व्यायामको भूमिका अत्यन्त महत्वपूर्ण रहेको बताए । व्यायमले मेरुदण्डलाई सहारा दिने मांसपेशी बलियो बनाउने, जोर्नी लचिलो राख्ने र दुखाइ कम गर्न मद्दत गर्ने भएकाले औषधिभन्दा पनि नियमित व्यायाममा जोड दिनुपर्ने बताए । उनले धेरै दुखेको अवस्थामा केही समयका लागि औषधि प्रयोग गर्न सकिने भए पनि दीर्घकालीन समाधान भने सही जीवनशैली, तौल नियन्त्रण, सही बसाइ–उठाइ र नियमित व्यायाम नै रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्