images
images
images

भौतिक पूर्वाधारमन्त्री लम्साल कर्णाली राजमार्ग र करिडोरको अनुगमनमा

images

सुर्खेत। संघीय सरकारका भौतिक पूर्वाधारमन्त्री सुनिल लम्साल कर्णाली राजमार्गको अनुगमनमा निस्किएका छन्।

शुक्रबार वीरेन्द्रनगरदेखि उनी माथिल्लो कर्नालीतर्फ लागेका छन् । रास्वपाका सांसद रमेश कुमार सापकोटाका अनुसार, लम्सालले ५ दिनमा कर्णाली राजमार्ग, कर्णाली करिडोरसहित सडकको अनुगमन गर्नेछन्।

शुक्रबार वीरेन्द्रनगरको बांगेसिमलबाट सुरु हुने कर्णाली राजमार्ग हुँदै कालिकोट पुग्ने कार्यतालिका छन् । कर्णाली राजमार्ग मृत्युमार्ग बनेको भन्दै आलोचना भइरहेको बेला पहिलो पटक केन्द्रका भौतिकमन्त्रीको अनुगमनले राजमार्ग सुधार आउने अपेक्षा गरिएको छ। अनुगमन टोलीमा सडक विभागका अधिकारीहरू सहभागी छन्।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्