images
images
images

यस्तो छ आज विदेशी मुद्राको विनिमयदर

images

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज ९शनिबार०का लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको विनिमयदर अनुसार आज अमेरिकी डलर एकको खरिददर १५३ रुपियाँ ७६ पैसा र बिक्रीदर १५४ रुपियाँ ३६ पैसा निर्धारण गरिएको छ ।

यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपियाँ ८५ पैसा र बिक्रीदर १७६ रुपियाँ ५३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०६ रुपियाँ ६० पैसा र बिक्रीदर २०७ रुपियाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपियाँ ३४ पैसा र बिक्रीदर १९१ रुपियाँ ०९ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर १०७ रुपियाँ १७ पैसा र बिक्रीदर १०७ रुपियाँ ५८ पैसा तोकिएको छ ।

राष्ट्र बैंकले क्यानेडियन डलर एकको खरिददर १०९ रुपियाँ ५७ पैसा र बिक्रीदर ११० रुपियाँ, सिङ्गापुर डलर एकको खरिददर ११९ रुपियाँ ११ पैसा र बिक्रीदर ११९ रुपियाँ ५८ पैसा, जापानी येन १० को खरिददर नौ रुपियाँ ४७ पैसा र बिक्रीदर नौ रुपियाँ ५१ पैसा, चिनियाँ युआन एकको खरिददर २२ रुपियाँ ६९ पैसा र बिक्रीदर २२ रुपियाँ ७८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ४० रुपियाँ ९४ पैसा र बिक्रीदर ४१ रुपियाँ १० पैसा निर्धारण गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्