पूर्वाधार वाच, काठमाडौं ।
नेपालका लागि याडिया (YADEA) को आधिकारिक वितरक कुजु नेपाल प्रा.लि. ले नयाँ पुस्ताका तीन विद्युतीय स्कुटर GS70, GT70 र GT80 नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले आधुनिक प्रविधि, उच्च कार्यक्षमता र नेपाली उपभोक्ताको बदलिँदो मोबिलिटी आवश्यकतालाई ध्यानमा राख्दै नयाँ मोडलहरू भित्र्याएको जनाएको छ ।
विश्वकै अग्रणी विद्युतीय दुईपांग्रे सवारीसाधन ब्रान्डका रूपमा याडियाले दिगो यातायात र स्मार्ट मोबिलिटीलाई प्राथमिकता दिँदै नेपाली बजारमा आफ्नो उपस्थिति थप विस्तार गर्ने उद्देश्यले यी मोडल सार्वजनिक गरेको कम्पनीको भनाइ छ । नयाँ स्कुटरहरूले दैनिक सहरी आवागमनदेखि लामो दूरी र प्रिमियम राइडिङ अनुभव खोज्ने ग्राहकको आवश्यकतालाई लक्षित गर्नेछन् ।
GS70 मा १०५ किलोमिटरसम्म रेन्ज
दैनिक प्रयोगलाई लक्षित गरिएको GS70 मा २.१ किलोवाट–घण्टा क्षमताको LFP ब्याट्री तथा २.८ किलोवाट पीक मोटर जडान गरिएको छ । कम्पनीका अनुसार यसले एकपटक पूर्ण चार्जमा १०५ किलोमिटरसम्म यात्रा गर्न सक्छ ।
GT70 मा २२० किलोमिटरसम्मको रेन्ज
लामो दूरीको यात्रालाई लक्षित गरिएको GT70 मा ५.७ किलोवाट–घण्टा क्षमताको डुअल LFP ब्याट्री प्रणाली प्रयोग गरिएको छ । यसमा ३.६ किलोवाट–घण्टाको स्थायी ब्याट्री र २.१ किलोवाट–घण्टाको हटाउन मिल्ने ब्याट्री समावेश छन् ।
GT70 मा ३.७ किलोवाट पीक मोटर रहेको छ भने कम्पनीका अनुसार यसले एकपटक चार्जमा २२० किलोमिटरसम्म यात्रा गर्न सक्नेछ ।
GT80 प्रिमियम सेग्मेन्टमा
प्रिमियम सेग्मेन्टलाई लक्षित GT80 मा ३.६ किलोवाट–घण्टा क्षमताको लिथियम ब्याट्री र ५ किलोवाट पीक मोटर रहेको छ । यसले अधिकतम ८० किलोमिटर प्रतिघण्टा गति लिन सक्ने तथा एकपटक चार्जमा १५० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।
स्मार्ट प्रविधि र कनेक्टिभिटीमा जोड
GS70, GT70 र GT80 तीनै मोडलमा आधुनिक स्मार्ट फिचरहरू समावेश गरिएको कम्पनीले जनाएको छ । स्कुटरमा ब्लुटुथ कनेक्टिभिटी, TFT स्मार्ट डिस्प्ले, मोबाइल नेभिगेसन मिररिङ, याडिया स्मार्ट एप कनेक्टिभिटी, फ्यामिली सेयरिङ र स्मार्ट किलेस सिस्टम उपलब्ध छन् ।
फ्यामिली सेयरिङ सुविधामार्फत पाँच जनासम्म प्रयोगकर्तालाई जोड्न सकिने कम्पनीको भनाइ छ ।
सुरक्षाका लागि विभिन्न एड्भान्स फिचर
नयाँ स्कुटरहरूमा सुरक्षालाई पनि प्राथमिकता दिइएको छ । ट्र्याक्सन कन्ट्रोल सिस्टम (TCS), क्रुज कन्ट्रोल, हिल होल्ड कन्ट्रोल, हिल डिसेन्ट कन्ट्रोल तथा डुअल डिस्क ब्रेकिङ सिस्टम जस्ता सुविधा उपलब्ध छन् ।
कम्पनीका अनुसार यी प्रविधिले विभिन्न सडक तथा भौगोलिक अवस्थामासमेत स्थिर, सुरक्षित र सहज राइडिङ अनुभव प्रदान गर्न सहयोग गर्नेछन् ।
ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटर वारेन्टी
कुजु नेपालले नयाँ तीनै मोडलको ब्याट्रीमा ३ वर्ष वा ५० हजार किलोमिटरसम्मको वारेन्टी उपलब्ध गराएको जनाएको छ । यसले विद्युतीय स्कुटरप्रति ग्राहकको विश्वास बढाउन सहयोग पुग्ने कम्पनीको अपेक्षा छ ।
२० आधिकारिक डिलरबाट बिक्री
नयाँ GS70, GT70 र GT80 हाल देशभर रहेका २० वटा आधिकारिक याडिया डिलरमार्फत बिक्रीका लागि उपलब्ध रहेको कम्पनीले जनाएको छ । आगामी दिनमा डिलर तथा बिक्रीपछिको सेवा सञ्जाललाई थप विस्तार गर्ने योजना पनि कम्पनीले सार्वजनिक गरेको छ ।
लन्च अफरमा १० हजार रुपैयाँसम्म छुट
कम्पनीले नयाँ स्कुटरको सार्वजनिक बिक्रीसँगै विशेष लन्च अफरसमेत ल्याएको छ । NAIMA Auto Show सम्पन्न नहुँदासम्म GS70, GT70 र GT80 खरिद गर्ने ग्राहकले १० हजार रुपैयाँसम्मको विशेष छुट प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)










प्रतिक्रिया दिनुहोस्