सुर्खेत । कर्णाली प्रदेश प्रहरी गण, वीरेन्द्रनगर सुर्खेतमा कार्यरत प्रहरी हवल्दार सर्जन नेपालीलाई असोज महिनाको ‘बेस्ट पुलिस अफ द मन्थ’ (महिनाको सर्वोत्कृष्ट प्रहरी) घोषित गरिएको छ।
कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र जिम्मेवारीप्रतिको प्रतिबद्धताको कदर गर्दै संगठनले सुम्पिएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्नुका साथै सुरक्षा ड्युटी, विपद् व्यवस्थापनसम्बन्धी अभ्यास र अन्य संगठनात्मक गतिविधिमा सक्रिय भूमिका निर्वाह गरेको भन्दै मूल्यांकनका आधारमा नेपालीलाई उक्त सम्मान प्रदान गरिएको कर्णाली प्रदेश प्रहरी गणले जनाएको छ।
कर्णाली प्रदेश प्रहरी गण, सुर्खेतले प्रहरी कर्मचारीको उत्प्रेरणा अभिवृद्धि गर्नको लागि प्रदेश भरिबाट उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई ‘बेस्ट पुलिस अफ द मन्थ’ घोषणा गर्ने गरेको छ ।
प्रमाणपत्रमा उल्लेख भएअनुसार हवल्दार नेपालीले अनुशासन, लगनशीलता र व्यावसायिक निष्ठाका साथ जिम्मेवारी पूरा गर्दै सर्वोत्कृष्ट कार्यसम्पादन गरेका छन्। उनको कार्यप्रतिको समर्पण र जिम्मेवारीबोधको कदर गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले महिनाको उत्कृष्ट प्रहरीका रूपमा छनोट गरिएको हो।
सर्वोत्कृष्ट प्रहरी घोषित नेपालीलाई कर्णाली प्रदेश प्रहरी गणले बधाई दिँदै आगामी दिनमा पनि उच्च व्यावसायिकता, इमानदारी र सेवाभावका साथ जिम्मेवारी निर्वाह गर्न शुभकामना व्यक्त गरेको छ। प्रहरी कर्मचारीको उत्कृष्ट कार्यसम्पादनको पहिचान र सम्मानले संगठनभित्र कर्तव्यनिष्ठा, अनुशासन र सेवाप्रतिको प्रतिबद्धता अभिवृद्धि गर्न योगदान पुग्ने अपेक्षा गरिएको समेत गणले उल्लेख गरेकाे छ । 
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)











प्रतिक्रिया दिनुहोस्