images
images
images

माउन्टेन इनर्जीको साधारणसभा, १५.७९ प्रतिशत लाभांश पारित

images

पूर्वाधार वाच, काठमाडौं।

माउन्टेन इनर्जी नेपालले सेयरधनीलाई वितरणका लागि प्रस्तावित १५.७९ प्रतिशत लाभांश पारित गरेको छ। कम्पनीको १०औं वार्षिक साधारणसभा प्रस्तावित लाभांश पारित गरेको हो।

कम्पनीले यस वर्ष गत आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको आधारमा १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.७९ प्रतिशन नगद लाभांश वितरण प्रस्ताव पारित गरेको हो।

चालू आर्थिक वर्षको ६ महिनाभित्र वार्षिक साधारणसभा सम्पन्न गरिसक्नुपर्ने व्यवस्था रहे पनि कम्पनीले ढिलो गरी वार्षिक साधारणसभा गरेको हो।

लाभांश प्रस्तावसँगै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणलाई पनि सभाले स्वीकृति प्रदान गरेको छ।

कम्पनीले हाल कायम चुक्ता पुँजी १ अर्ब ९६ करोड ८० लाख २७ हजार रुपैयाँको आधारमा १५ प्रतिशत बोनस सेयर वितरण गर्न लागेको हो। १५ प्रतिशत बोनस सेयरपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब २६ करोड ३२ लाख ३१ हजार पुग्नेछ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्