images
images
images

सहसचिव डा. लम्साल सचिवमा बढुवा

images

पूर्वाधार वाच, काठमाडौं ।

सरकारले डा. हरिप्रसाद लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको छ । सचिव बढुवा सिफारिस समितिले सिफारिस गरेका तीन नाममध्ये लम्साल बढुवामा परेका हुन्।

बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव डा लम्साललाई सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। बढुवाका लागि लम्सालसँगै केदारनाथ शर्मा र लोकनाथ पौडेलको नाम सिफारिस भएको थियो।

डा लम्साल सुदूरपश्चिम प्रदेशको कायम मुकायम (कामु) प्रदेश प्रमुख सचिवका रूपमा कार्यरत रहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

मन पर्‍यो (१००%)

मन परेन (०%)

तटस्थ (०%)

रिस उठ्यो(०%)

प्रतिक्रिया दिनुहोस्