पूर्वाधार वाच, काठमाडौं।
एएस रोमा बोलोग्नासँग पराजित भएको छ । गएराती सम्पन्न इटालियन सिरी ए अन्तर्गतको खेलमा बोलोग्नाले रोमालाई ३-१ गोल अन्तरले पराजित गरेको हो ।
बोलोग्नाको जितमा ओसमा एल अजोउजी, जोशुआ ज्रिकजी र एलेक्सिस साएलेमाएकेर्सले एक एक गोल गरेका थिए । त्यसैगरी रोमाका लागि एक गोल सरदार आजमोउनले गरेका थिए ।
यो जितपछि बोलोग्ना लिगमा चौथो स्थानमा उक्लिएको छ । ३३ खेलमा ६२ अंक रहेको बोलोग्नाले आउदो सिजन च्याम्पियन्स लिगमा छनौट हुने सम्भावना बढाएको छ । त्यस्तै रोमाको भने ३२ खेलमा ५५ अंक रहेको छ र लिगमा पाँचौं स्थानमा रहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्