पूर्वाधार वाच, काठमाडौं ।
सरकारले मध्यपहाडी लोकमार्गलाई समृद्धि करिडोरको रुपमा विकास गर्ने घोषणा गरेको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम संसद्मा पेस गर्दै उक्त घोषणा गरेका हुन् ।
समृद्धि करिडोरमा विकास गर्न विद्युत, सञ्चार, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी लगायत पूर्वाधार विकास गर्ने घोषणा सरकारले गरेको हो ।
जसका माध्यमबाट उत्पादन, उपादकत्व, उत्पादनशीलता रोजगारी सिर्जना गर्ने उल्लेख छ । यस्तै कोशी, गण्डकी र कर्णाली करिडोरका अधिकांश खण्डमा १२ महिना यातायात सञ्चालन हुने गरी निमार्णलाई तीव्रता दिने घोषणा सरकारले गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
मन पर्यो (१००%)
मन परेन (०%)
तटस्थ (०%)
रिस उठ्यो(०%)












प्रतिक्रिया दिनुहोस्